Logo
५ मंसिर २०८१, बुधबार
(February 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फागुन १ गते देशभर जनयुद्ध र जनआन्दोलका सहिदको सम्मानमा कार्यक्रम गर्न नेकपाको सर्कुलर

काठमाडौं : तत्कालिन एमाले र माओवादी एकता भएपछि जनयुद्ध र जनआन्दोलनका सहिदको पहिलोपटक सम्मानमा कार्यक्रम गर्ने भएको छ । नेकपाका महासचिव विष्णु पौडेलले देशभरका पार्टी इकाइहरूलाई सर्कुलर जारी गरेर जनयुद्ध र जनआन्दोलनका सहिदको सम्मानमा फागुन १ गते देशभर कार्यक्रम गर्न निर्देशन दिएका छन् ।

नेकपाले काठमाडौंमा भने पार्टी कार्यालय धुम्बराहीमा बुधबार बिहान कार्यक्रम गर्ने भएको छ। धुम्बराहीमा आयोजना हुने कार्यक्रममा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थिति हुनेछ । नेकपा स्रोतका अनुसार सातवटै प्रदेश र ७७ वटै जिल्लामा जनयुद्ध र जनआन्दोलनका सहिदको सम्मानमा कार्यक्रम गर्न सर्कुलर जारी गरिएको छ ।

तत्कालिन माओवादीले २०५२ फागुन १ गते जनयुद्धको घोषणा गरेको थियो । सोही दिनको सम्झनामा विगतमा माओवादीले जनयुद्ध दिवस मनाउने गरेको थियो ।

प्रकाशित मिति: Feb 12, 2019

प्रतिक्रिया दिनुहोस्