Logo
४ मंसिर २०८१, मंगलबार
(February 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजीनामा दिने मनसायमा बेलायती प्रधानमन्त्री

बेलायती प्रधानमन्त्री टेरिजा मे आउँदो अप्रिल राजीनामा दिने मनसायमा रहेको बेलायतका विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।प्रधानमन्त्री मे का निकटस्थ स्रोतलाई उद्धृत गर्दै बेलायती पत्रिका डेली मेल र द सनले मे ले आउँदो समरमा राजीनामा दिने तयारी गरेको जनाएका छन् ।

प्रधानमन्त्री मे ब्रेक्जिटको प्रक्रियाको औपचारिक थालनी हुने निश्चित गरेर राजीनामा दिन चाहन्छिन्। ब्रेक्जिट अर्थात युरोपियन युनियनबाट बेलायत अलग हुने प्रक्रिया आउँदो मार्च २९ देखि सुरु हुनेछ। त्यसअघि नै ब्रेक्जिटका प्रक्रियाबारे बेलायती सदनमा सहमति जुट्नु पर्छ ।

गएको जनवरीमा मे ले पेश गरेको ब्रेक्जिट योजना सदनमा असफल भएको थियो । प्रधानमन्त्री मे ब्रेक्जिट प्लान पास गरेर प्रधानमन्त्रीबाट राजीनामा दिइ आफ्नो स्थान लिने उत्तराधिकारीका लागि ठाउँ खाली गर्ने मनसायमा रहेको बताइएको छ ।

यसको उद्देश्य आफ्ना चिरप्रतिद्वन्द्वी बोरिस जोन्सनलाई उच्च पदमा पुग्नबाट रोक्नु रहेको विश्लेषण गरिएको छ ।

 

प्रकाशित मिति: Feb 12, 2019

प्रतिक्रिया दिनुहोस्