Logo
११ पुस २०८१, बिहीबार
(February 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आइतबारदेखि देशैभर मौसम सफा हुने, शनिबार काठमाडौं उपत्यकासहित पूर्वी क्षेत्रमा हलुका वर्षा

आइतबारदेखि देशैभर मौसम सफा हुने प्रक्षेपण गरिएको छ । गत मंगलबारदेखि पश्चमी न्यूनचापीय प्रणालीको प्रभाव देखिएपछि देशैभर वर्षासँगै हिमाली क्षेत्रमा हिमपात भइरहेको छ ।

शनिबार काठमाडौं उपत्यकासहित पूर्वी क्षेत्रमा हलुकादेखि मध्यम वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

पश्चिमी क्षेत्रमा भने बिहान सामान्य बदली भए पनि दिउँसोदेखि मौसम सफा हुने मौसमविद् पौडेलले बताए । काठमाडौं उपत्यकामा बिहान आंशिक बदली हुँदा हलुका वर्षा भए पनि दिउँसोदेखि भने घाम लाग्न सक्ने महाशाखाले जनाएको छ ।

पश्चिमी न्यूनचापीय प्रभाव पूर्वतिर सर्दै गएकाले आइतबारदेखि मौसम सफा हुने पौडेलले बताए । गत बुधबारदेखि वर्षासँगै हिमपात हुँदा जाडो बढेको छ । याे समाचार नयाँ पत्रिकामा प्रकाशित छ ।

प्रकाशित मिति: Feb 9, 2019

प्रतिक्रिया दिनुहोस्