नेपाल लाईफ इन्स्योरेन्स र कामना सेवा विकास बैंकबीच सम्झौता
काठमाडौं : कामना सेवा विकास बैंक लिमिटेड र नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच आज बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार अब कामना सेवा विकास बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६३ वटै शाखाहरुबाट सहज रुपमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको जीबन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।
सम्झौतासँगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावाविन्त हुने बैंकले जनाएको छ । सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र नेपाल लाईफ ईन्स्योरेन्स कम्पनीको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले हस्ताक्षर गरे ।