Logo
४ मंसिर २०८१, मंगलबार
(February 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्णाली करिडोर : सडक डिभिजनले दिएन नक्सा, पुल बनेपछि मात्र चट्टान काट्ने पक्षमा सेना

कालिकोट : कालिकोटको खुलालु-हिल्सा सडकखण्डको खुलालुमा अझै पक्की पुल निर्माणमा सडक डिभिजन कार्यालय जुम्लाको पुल निर्माणको नक्सा नदिँदा निर्माण कार्य अलपत्र गरेको छ । सडक डिभिजन कार्यालय जुम्लाले निर्माण कम्पनीलाई पुल निर्माणको नक्शा नदिँदा अलपत्र परेको हो ।

सम्झौताअनुसार निर्माण सम्पन्न गर्ने मिति पूरा भएको ८ वर्ष बितिसक्दा पनि कर्णाली करिडोरअन्र्तगत कालिकोट खुलालु-हिल्सा सडकखण्डको खुलालुको ठेकेदार र सडक डिभिजन कार्यालय जुम्लाका लापरवाहीका कारण पुल निर्माण कार्य अलपत्र परेको परेको छ ।

सडक डिभिजन कार्यालय जुम्लाले प्रगति कन्काई नेपाल प्रा।लि।लाई समयमै कामको डिजाइन स्टमेट नदिँदा निर्माणमा समस्या भएको निर्माण कम्पनीका प्रतिनीधि करन निरौलाले बताए । ‘हामी सडक डिभिजन कार्यालयले निर्माणका डिजाइन स्टेमेट दिएका छैन।’ उनले भने, ‘हामीले कुन आधारमा कसरी काम गर्ने हो ।’ सडक डिभिजन कार्यालय जुम्लाका अनुसार डिजाइन स्टेमेट केही डिजाइन बदलिएको भएको त्यसको परिवर्तन डिजाइन स्टेमेट पनि ठेकेदार कम्पनीलाई दिइसकिएको जनाएको छ ।

डिभिजन कार्यालयका कारणले पुल निर्माणमा कुनै ढिलाई नभएको ठेकेदार कम्पनीले पुल निर्माणमा बाहना बनाएको सडक डिभिजन कार्यालय कार्यालय जुम्लाका इन्जिनियर सर्वण कुमार महताराले बताए। ‘हामीले डिजाइन स्टेमेट सबै दिएका छौं ।’ उनले भने,‘हाम्रा कारणले कामको ढिलाई भएको छैन् ।’ पुल बन्नु थियो ८ वर्ष पहिला नै कर्णाली करिडोर अन्तर्गतको खुलालुमा रहेको पक्की पुल निर्माण सम्पन्न गर्ने गरी ०६७ मा सम्झौता भएको थियो ।

निर्माणको ठेक्का कन्काई नेपाल प्रगति जेभीले १४ करोड रुपैयाँमा लिएको थियो । तर, सम्झौता ८ बर्षपछि काम शुरु भएको काम गर्न अहिले पनि ढिलाढाली गरेको कालिकोट नरहरिनाथ गाउँपालिका-९ लालुका शिक्षक नवराज शाहीले बताए । ‘८ वर्षअघि नै सम्झौता भएको भन्ने सुनेका थियौं,’ उनले भने, ‘गत बर्षबाट मात्र निर्माण कम्पनीले काम शुरु गरेको छ ।’

सेनाको काममा ढिलाइ पुल निर्माण सुरु नहुँदा कर्णाली करिडोरको खुलालुदेखि लालीघाटसम्मको करिव एक किलोमिटर चट्टाने भीर काट्ने काम नेपाली सेनाले सुरु गरेको छैन् । पुल नबनेसम्म सेनाले पनि काम सुरु नगर्ने कर्णाली करिडोर निर्माण कार्यदलको भनाइलाई उद्दत गर्दै सेनासँगै सडकको काम गर्दै आएका ठेकेदार कालीबहादुर शाहीले बताए ।

 

प्रकाशित मिति: Feb 7, 2019

प्रतिक्रिया दिनुहोस्