Logo
४ मंसिर २०८१, मंगलबार
(February 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संघीय संसद प्रतिनिधिसभामा कांग्रेसका सांसदले जनाए आपत्ति

काठमाडौं : सरकारले हालै जारी गरेको मर्यादाक्रमलाई लिएर संघीय संसद प्रतिनिधिसभामा नेपाली कांग्रेसका सांसदले आपत्ति जनाएका छन् । पूर्व-गृहराज्यमन्त्रीसमेत रहेका कांग्रेस सांसद देवेन्द्रराज कँडेलले जिल्लामा प्रशासनको नेतृत्व सम्हाल्ने प्रमुख जिल्ला अधिकारीको मनोबल गिरेको भन्दै उक्त मर्यादाक्रम सच्याउन आग्रह गरेका हुन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा शून्य समयमा बोल्दै सांसद कँडेलले भने, गाउँपलिका र नगरपालिकाको तलको मर्यादाक्रममा प्रमुख जिल्ला अधिकारीलाई राखिएको छ। यसले उनीहरूको मनोबल गिरेको छ । त्यसैले गाउँ र नगरभन्दा माथि राख्नुपर्छ । राजनीतिक व्यक्तिहरू केही समयका भएको र प्रशासनीक निकाय सधैँ रहने भएको कँडेलको भनाइ थियो ।

उनले थपे, हामी राजनीतिक व्यक्ति केही समयका लागि हौँ, जो प्रशासन क्षेत्रमा छन् उनीहरू निरन्तर रूपमा स्वच्छ प्रशासन दिने दायित्व सम्हालेका हुन्छन । कँडेलले संघीय सांसदलाई प्रदेश मन्त्रीभन्दा तल राखिनु न्यायोचित नभएको पनि बताए । उनले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाले एक अर्काको अस्तित्व स्वीकार्नुपर्ने पनि धारणा राखेका थिए।

प्रकाशित मिति: Feb 6, 2019

प्रतिक्रिया दिनुहोस्