Logo
१३ मंसिर २०८१, बिहीबार
(February 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वदेशी बिस्कुट उद्योगको गुणस्तर बढाउन आपूर्तिमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौँ :  नेपाल बिस्कुट उत्पादक सङ्घले स्वदेशी बिस्कुट उद्योगको संरक्षण गर्न माग गर्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको ध्यानाकर्षण गराएको छ ।

केही वर्ष अगाडिसम्म नेपालमा रु ७ अर्बको लगानीमा ३५ बिस्कुट उद्योग सञ्चालनमा थिए । अहिले विदेशी विस्कुटसित प्रतिस्पर्धा गर्न नसकेर आधाभन्दा बढी उद्योग बन्द भई १६ मात्र सञ्चालनमा रहेका सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष वसन्तकुमार चौधरीको नेतृत्वको टोलीले मङ्गलबार मन्त्री यादवसँग भेट गरी नेपाली बिस्कुट उद्योगको अवस्थाका बारेमा आफ्नो ध्यानाकर्षण गराएको हो ।

सो ध्यानाकर्षणपत्रमा विदेशी तयारी बिस्कुट आयातमा निषेध गर्न, उत्पादन प्रयोजनको लागि आयात गर्ने कच्चा पदार्थमा लगाइएको प्रतिबन्ध फुकुवा गर्न, चिनी आयातको ५ प्रतिशत भन्सार महसुल सुविधा उपलब्ध गर्न तथा स्वदेशी उद्योगलाई संरक्षण गर्दै विशेष सहुलियत प्रदान गर्नका लागि माग गरिएको छ ।

 

प्रकाशित मिति: Feb 6, 2019

प्रतिक्रिया दिनुहोस्