भेनेजुयलाबारेकोे विज्ञप्तिले सम्बन्ध चिसिएका बेला परराष्ट्रमन्त्री र राजदूत रेन्डी बेरीबीच भेट
काठमाडौं : भेनेजुयलामा अमेरिकी हस्तक्षेपप्रति सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विज्ञप्तिले नेपाल-अमेरिका बीचको कूटनीतिक सम्बन्ध बिग्रिएको र पछि नेपाल सरकारका तर्फबाट निकालिएको विज्ञप्तिबाट पनि अमेरिका रुष्ट रहेको चर्चा भइरहेका बेला परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरी एउटै मञ्चमा देखा परेका छन् ।
परराष्ट्रमन्त्री ज्ञवाली मुख्य अतिथि र राजदूत बेरी विशेष अतिथिका रूपमा नेपाल सरकार, पर्यटन बोर्ड र अमेरिकी दूतावासको आयोजनामा काठमाडौंमा सोमबार आयोजित इंगलिस ल्यांग्वेज एन्ड अपेरेसनल स्किल्स ट्रेनिङ फर टुरिज्म एन्ड इमिग्रेसन अफिसियल्सु अंग्रेजी भाषा प्रशिक्षण शुभारम्भ कार्यक्रममा उनीहरू सँगै देखा परेका हुन् । त्यस अवसरमा उनीहरूले सामूहिक फोटो पनि खिचाए ।
कार्यक्रममा मन्त्री ज्ञवालीले नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गरेर कार्यक्रम आयोजना गरिएको र यसले नेपालमा आउने पर्यटकसँग सूचना आदानप्रदान गर्न तथा सत्कार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । नेपालमा पर्यटक भित्र्याउनका लागि अमेरिकी सरकारले ठूलो सहयोग गरेको भन्दै मन्त्री ज्ञवालीले अमेरिकाको प्रशंसा गरेका थिए । राजदूत बेरीले नेपालमा गतवर्ष अमेरिकाबाट ९० हजार पर्यटक आएका र यो संख्या वृद्धि गर्नका लागि अमेरिकाको सहयोग जारी रहने बताएका थिए ।
बेरीले नेपालमा आउने अमेरिकी पर्यटकको संख्या बढ्दै जानु दुवै देशका लागि राम्रो भएको र यसलाई सौहार्द तरिकाले सघाउने बताएका थिए । केहीदिन पहिले परराष्ट्र मन्त्रालयले काठमाडौंमा रहेका विदेशी कूटनीतिक नियोगका प्रमुखहरूका लागि राखेको ब्रिफिङमा राजदूत बेरी पूर्वनिर्धारित कार्यक्रम रहेकाले अनुपस्थित भएका थिए ।
अमेरिकी राजदूतावासबाट दोस्रो तहका अधिकारी आएपछि नेपाल र अमेरिकाबीचको सम्बन्धमा दरार आएको चर्चा चलेको थियो । परराष्ट्र मन्त्रालयका एक अधिकारीले नेपालप्रति अमेरिका रुष्ट हुन्थ्यो भने परराष्ट्रमन्त्री ज्ञवाली प्रमुख अतिथि हुने कार्यक्रममा राजदूत विशेष अतिथि हुने थिएनन् । य