प्रदेश ३ सरकारले सोनाम ल्होसारको अवसरमा विदा दिने
काठमाडौं : प्रदेश ३ सरकारले सोनाम ल्होसारको अवसरमा माघ २२ गते विदा दिने भएको छ ।
तामाङ समुदायले मनाउने यस पर्वका दिन सार्वजनिक विदा दिएको प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जानकारी दिएको छ । प्रदेश ३ मा तामाङ समुदायको बाक्लो बसोबास रहेको छ ।