Logo
४ मंसिर २०८१, मंगलबार
(February 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खुल्यो मानव तस्करको नयाँ रहस्य : नेपाली युवतीलाई तेस्रो मुलुक पुर्याउन नयाँ रुट प्रयोग गर्दै

काठमाडौं : नेपाली युवतीलाई विभिन्न नाकाबाट भारत हुँदै तेस्रो मु्ल्क पुर्याउँदै आएको मानवतस्कर समूहले नयाँ बाटो प्रयोग गर्ने गरेको रहस्य खुलेको छ । भारत लगायत विभिन्न मुलुकमा नेपाली युवतीलाई राम्रो काम लगाइदिने भन्दै विभिन्न यौनजन्य क्रियाकलापमा संलग्न गराउने पाइएको छ ।

गिरोहले पूर्वोत्तर भारतको मणिपुर हुँदै म्यान्मार पुर्याउने र त्यहाँबाट खाडी तथा अफ्रिकन मुलुकमा पुर्याउने वेश्यावृत्तिलगायत यौनजन्य क्रियाकलापमा जबरजस्ती संलग्न गराउने गरेको पाइन्छ  । महिला बेचबिखनविरुद्ध लामो समयदेखि काम गर्दै आएको माइती नेपालले म्यानमार हुँदै नेपाली युवतीलाई तेस्रो मुलुक पुर्याउने रहस्या पत्ता लगाएको दाबी गरेको छ ।

काठमाडौं विमानस्थलमा नेपाली महिलालाई तेस्रो मुलुक जानमा कडाई गरेपछि दलालले पूर्वोत्तर भारतको नाका प्रयोग गरेर म्यानमार पुर्याउने र त्यहाँको यांगुनअन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग गरी नेपाली युवतीलाई अन्य मुलुक पुर्याउने गरेको माइती नेपालका अध्यक्ष विश्व खड्काले जानकारी दिए ।

प्रकाशित मिति: Feb 3, 2019

प्रतिक्रिया दिनुहोस्