गृहमन्त्री थापा-चिनीयाँ राजदूत बीच शिष्टाचार भेट, भेटमा यान्छीले गरे नेपालको प्रशंसा
काठमाडौं : नेपालका लागि चिनका नवनियुक्त राजदूत होउ यान्छीले नेपालले चिन विरोधी गतिविधि नियन्त्रणका लागि खेलेको भूमिकाको उच्च प्रशंसा गरेकी छिन ।
बुधबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ संग शिष्टाचार भेटका क्रममा राजदूत होउ यान्छीले एक चीन नितिप्रति नेपालले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा समेत त्यसको निरन्तरताको आग्रह गरेकी हुन् ।
गृहमन्त्री थापाले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउँदै नेपाली भूमिबाट कुनै किसिमका चीन विरोधी गतिविधि हुन नदिइने प्रतिबद्धता जनाएका थिए। साथै थापाले नेपालको सुरक्षा निकायको भौतिक संरचना, उपकरण र तालिममा चीनले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसको निरन्तरताका लागि आग्रहगरेका थिए।