Logo
३० कार्तिक २०८१, शुक्रबार
(January 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खानेपानी आयोजना सम्पन्न, राजदूतद्वारा स्थानीयलाई हस्तान्तरण

गोरखा : गोरखाको बारपाक सुलीकोट गाउँपालिका-२ राङरुङमा निर्माण सम्पन्न खानेपानी आयोजना स्थानीयवासीलाई हस्तान्तरण गरिएको छ ।

नेपालका लागि फिनल्याण्डका राजदूत पोटी एन्टिनेटले मङ्गलबार सो आयोजना स्थानीय उपभोक्ता समितिलाई हस्तान्तरण गर्नुभयो । उक्त आयोजना कूल रु आठ लाख १५ हजारमा निर्माण भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष रामबहादुर गुरुङले जानकारी दिए ।

युनिसेफको सहयोगमा निर्माण भएको सो आयोजनाबाट त्यस क्षेत्रका बासिन्दा लाभिान्वित भएका छन् । भूकम्पपछि खानेपानीको समस्या हुँदा त्यहाँ खानेपानीको आयोजना निर्माण गरिएको हो । युनिसेफ र श्री स्बारा सघन गाउँ विकास केन्द्र गोरखाको साझेदारीमा सो आयोजना निर्माण सम्पन गरिएको हो ।

प्रकाशित मिति: Jan 30, 2019

प्रतिक्रिया दिनुहोस्