थाह पाइराख्नुस् : खाली पेटमा मन तातो पानी खानु फाइदा कि बेफईदा ?
एजेन्सी : स्वस्थ रहन दैनिक ३ लिटर पानी पिउनु जरुरी छ । तर, बिहान उठ्ने वित्तिकै भने मन तातो पानीबाट सुरुवात गर्नुपर्छ ।
खाली पेट मन तातो पानी खानुका १० फाइदा :
१. नियामित मन तातो पानी खाँदा पाचन प्रणालीलाई सुधार गर्छ ।
२. छाला चमक हुन्छ : दैनिक बिहान उठ्ने वित्तिकै मन तातो पानी पिउदा छालालाई स्वस्थ बनाउछ । अनुहारमा दाग, डन्डीफोर र चाया सम्बन्धी समस्या हराउछ।
३. कपाल स्वस्थ बनाउछ : मनतातो पानीले कपालको जरा बलियो र मझबुत बनाउँछ, कपाल सुन्दर र लामो बनाउँछ ।
४. पेटका विकार हटाउँछ : मनतातो पानीले पेटका अनावश्यक विकार र उत्तेजित पदार्थ बाहिर निकाल्न सहयोग गर्छ । शरिरको गतिविधि स्वस्थ बनाउँछ ।
५. पेटको दर्द हराउँछ : नियमित मनतातो पानी खाँदा पेटको विकार बाहिर आउने हुँदा पेटमा संक्रमण र दुखाईको सम्भावना न्यून हुन्छ।
६. कब्जियतबाट मुक्त : नियमित मनतातो पानी खाँदा पेट सफा गरिदिन्छ, कब्जियतको समस्या हट्छ।
७. वजन घट्छ : दैनिक खाली पेट मनतातो पानी खाँदा शरिरको फ्याट पगालिदिन्छ जसका कारण तौल घटाउन सहयोगी मानिन्छ।
८. संक्रमणबाट बचाउँछ : मनतातो पानी पिउदा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ, चिसो खोकी जस्ता संक्रमणबाट बचाउछ।
९. एसिडिटीबाट बचाउँछ : नियमित मनतातो पानी पिउदा शरिरमा एसिडिटिको सम्भावना हुदैन।
१०. खाली पेट मन तातो पानी खानु विभिन्न रोगबाट बच्नु पनि हो।