Logo
९ मंसिर २०८१, आईतबार
(January 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालश्रम र बालविवाह न्यूनीनकरण गर्न जन्मदर्ता अभियान

जाजरकोट : जन्मदर्ता गराउन छेडागाड नगरपालिकाले गाउँगाउँमा घुम्ती शिविर गरेर अभियान थालेको छ । जन्मदर्ता नगर्नेको सङ्ख्या अत्यधिक भेटिएपछि नगरपालिकाले घरघरमा गई तथ्याङ्क सङ्कलन गर्न सो अभियान थालेको हो ।

कर्मचारीको चार समूह निमार्ण गरी घुम्ती शिविर सञ्चालन गरिएको नगर प्रमुख लालबहादुर महताराले बताए। सो शिविरमार्फत नगरपालिकाले हालसम्म ३ हजार बालबालिकाको जन्मदर्ता गराएको छ । “जन्मदर्ता छुटेको भेटिएपछि अभियान थालिएको हो,” उनले भने ।

पाँच वर्षमुनिका बालबालिकाका लागि सरकारले बालपोषण अनुदानका लागि जन्मदर्ता भइसकेका सबैको विवरण आगामी फागुन मसान्तभित्र मुख्य घटना दर्ता तथा सामाजिक सुरक्षा सूचना व्यवस्थापन प्रणालीमा प्रविष्ट गरिसक्ने र आगामी चैतदेखि बालपोषण अनुदानवापत प्रतिमहीना रु ४०० का दरले उपलब्ध गराइने नगरपालिकाले जनाएको छ ।

सहयोगले नगरपालिकाभित्रका पाँच वर्षमुनिका बालबालिकामा कुपोषणको अवस्थामा सुधार आउने अपेक्षा गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद आचार्यले बताए। बालश्रम र बालविवाह न्यूनीनकरण गर्नका लागि जन्मदर्ता महत्वपूर्ण छ । बालविवाह गर्ने तथा गराउनेलाई कानूनी दायरामा ल्याउन जन्मदर्ता अभियानबाट मद्दत पुग्ने उनको भनाइ छ ।

प्रकाशित मिति: Jan 29, 2019

प्रतिक्रिया दिनुहोस्