Logo
९ मंसिर २०८१, आईतबार
(January 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वीचौकी गाउँपालिकाको बस सेवाबाट जनतालाई राहत

डोटी : यहाँको पूर्वीचौकी गाउँपालिकाले चौखुट्टेदेखि सिलगढी बस सेवा शुरु गरेको छ । अछामको चौखुट्टेदेखि सदरमुकाम सिलगढीसम्मका लागि दुई बस सञ्चालन गरिएका छन् ।

बस सेवा सञ्चालन भएपछि पूर्वीचौकीका जनतालाई राहत पुग्ने गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बताए । बिहान, दिउँसो र बेलुका गरेर बस सेवा सञ्चालन हुने प्रशासकीय अधिकृत बिनोद सापकोटाले जानकारी दिए।

उक्त गाउँपालिकाले एक्साभेटर सेवा पनि शुरु गरेको छ । गाउँपालिकाभित्र सडक विस्तार मर्मत तथा सुधार गर्नका लागि आफ्नै डोजर पनि ल्याइएको गाउँपालिकाका उपाध्यक्ष निर्मला साउदले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशमा आफ्नै यातायात सञ्चालन गर्ने यो पहिलो गाउँपालिका हो । दुई बस ३५ सिट क्षमताका रु ८१ लाख ७६ हजार र एक एक्साभेटर रु १ करोड २३ लाख ४५० को लागतमा खरिद गरिएको प्रमुख प्रशासकीय अधिकृत सापकोटाले बताए।

प्रकाशित मिति: Jan 27, 2019

प्रतिक्रिया दिनुहोस्