Logo
४ मंसिर २०८१, मंगलबार
(January 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसको अवरोधकाबीच संसदबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित

काठमाण्डौ : कांग्रेसको अवरोधका बीच संसदबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएको छ । प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक सुरु हुनासाथ नाराबाजी सहित रोष्ट्रम घेराउ गरे पनि सभामुख कृष्णबहादुर महराले विधेयक पेश गर्न शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई अनुमति दिनुभएको थियो ।

विधेयक पेश गर्ने अनुमति दिएलगत्तै मन्त्री पोखरेल मर्यादापालकको सुरक्षा घेराबीच रोष्ट्रममा पुगेर संसदमा विधेयकमाथि छलफल गरियोस भनेर प्रस्ताव पेश गर्नुभएको थियो ।

छलफलमा भाग लिने सांसद नभएपछि सभामुख महराले सदनमा बहुमतले शिक्षा विधेयक पारित भएको घोषणा गर्नुभयो । विधेयक पारित भैरहँदा कांग्रेसका सांसदहरुले चर्को नाराबाजी गरेको थियो ।

प्रकाशित मिति: Jan 25, 2019

प्रतिक्रिया दिनुहोस्