Logo
४ मंसिर २०८१, मंगलबार
(January 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुलुकलाई समृद्ध बनाउने अभियानमा अघि बढ्दै सरकार, महिलामाथि हुने विभेद अन्त्य

काठमाडौं : कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले सरकार मुलुकलाई समृद्ध बनाउने अभियानमा केन्द्रित रहेको बताएका छन् । कार्यवाहक प्रधानमन्त्री पोखरेलले मुलुकमा राजनीतिक क्रान्तिको कालखण्ड सकिएको उल्लेख गर्दै अब आर्थिक विकासका लागि सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियानलाई अघि बढाएको बताए ।

शुक्रबारबाट काठमाडौंमा सुरु भएको दक्षिण एशीयाली क्षेत्रीय महिला सम्मेलनलाई उद्घाटन गर्दै उनले महिलामाथि हुने विभेद अन्त्यका लागि सरकारले विद्यमान ऐन, कानुनलाई कडाईका साथ लागू गर्ने प्रतिवद्धता जनाएका थिए ।

पोखरेलले मुलुकमा प्राप्त राजनीतिक उपलब्धिको जगमा संघीयता, समावेशितालगायतका सिद्धान्तलाई प्रभावकारी ढंगले कार्यान्वयनमा लैजाने पनि बताए । उनले बोक्सी, दाइजोलगायतका सामाजिक कुरुतीविरुद्ध अभियान नै संचालन गरेर अघि बढने योजना रहेको बताए ।

प्रकाशित मिति: Jan 25, 2019

प्रतिक्रिया दिनुहोस्