उदयपुर र मोरङबाट लागुऔषधसहित ७ पक्राउ, अनुसन्धान जारी
उदयपुर : प्रदेश १ को उदयपुर र मोरङ जिल्लाबाट लागुऔषधसहित सातजना पक्राउ परेका छन् । एक नम्बर प्रदेशअन्तर्गत उदयपुर र मोरङ जिल्लाबाट गएको बुधबार राति प्रहरी लागुऔषध सहित ७ जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी चन्द्रदेव राईका अनुसार उदयपुरको चौदण्डीगढी नगरपालिका ३ काली खोला किनारबाट लागुऔषधसहित ६ जना पक्राउ परेका हुन् ।
लागुऔषधसहित उदयपुर बेलाका नगरपालिका ४ गुरुङचौरी बस्ने वर्ष ३३ का राजु कार्की, वर्ष ३२ को राजु राई, वर्ष ३३ का अर्जुन राई, वर्ष २५ को नबिन राई, चौडण्डीगढी नगरपालिका ३ बसाहा बस्ने बर्ष ३० का मीनबहादुर मगर र सप्तरी सप्तकोसी नगरपालिका १ बस्ने बर्ष का ३६ को मनोज मगरलाई पक्राउ गरेको प्रहरी प्रमुख राईले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीलेखोलाको किनारमा शंकास्पद अवस्थामा बसिरहेका उनीहरुलाई चेकजाँच गर्ने क्रममा लागूऔषध लुपिजेसिक ८ एम्पुल, फेनारगन ८ एम्पुल रडाईजोल्याब ८ एम्पुल फेला पारेको प्रहरीको भनाइ छ ।
‘पक्राउ परेकाहरुलाई थप अनुसन्धान भईरहेको छ,’ उनले भने, ‘पक्राउ परेका सवै लागुऔषध व्यवसायी भएको प्रआरम्भीक अनुसन्धानबाट खुलेको छ ।’ प्रहरी प्रहरी कार्यालय विराटनगरका अनुसार मोरङको मोरङको विराटनगर महानगरपालिका १५ बाट प्रहरीले लागूऔषध लुपिजेसिक ९ एम्पुल, फेनारगन ९, एम्पुल, एभिल ९ एम्पुल, डाईजेल्याव ९ एम्पुलर १० चक्की नाईट्रोसन ट्याबलेट बरामद भएको प्रदेश प्रहरीका सुचना समन्वय शाखाका प्रहरी हवरदार अशोक आर्चायले जानकारी दिए ।