‘जनप्रतिनिधिले पारदर्शी, जनउत्तरदायि भूमिका निर्वाह गरे मात्र सहिदको सपना पुरा हुनेछ’
काठमाडौं : उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले जनप्रतिनिधिले पारदर्शी, जनउत्तरदायि भूमिका निर्वाह गरे सहिदको सपना पुरा हुने बताउनुभएको छ । सहिद सप्ताहको पहिलो दिन सहिद शुक्रराज शास्त्रीको स्मृति सभालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेलले मुलुक सहिदको सपना पुरा हुने चरणमा रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो ‘मुलुकमा सहिदको सपना साकार हुँदै छ, तर त्यसका लागि जनप्रतिनिधि, राजनितिक दल लगायत सबैको निस्वार्थ रुपले सहयोग चाहिन्छ ।’ कार्यक्रममा काठमाडाैं महानगरपालिकाका प्रमुख विद्याशुन्दर शाक्यले मुलुक र जनताका उन्मुक्तिका लागि जीवन बलिदान गर्नुहुने चारै जना शहीदको सम्मानमा विभिन्न स्थानमापूर्ण कदको शालीक स्थापना गरिने बताउनुभयो ।
उपप्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेलले मुलुकको वर्तमान अवस्थाबाट सहीदले देखाएको बाटो अवलम्बन गर्नुको विकल्प नभएको बताउनु भयो । कार्यक्रममा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल र महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडांै महानगर – १२ ले निमार्ण गरेको सहिद शुक्रराज शास्त्रीको पूर्णकदको शालिक अनुवारण गर्नुभयो ।
त्यसैगरी, कवि बिष्णु जोशीको ‘रगतको तर्पण सहिद’लाई नामक लघु गीतिकाव्य विमोचन गरिएको थियो । जहानिया राणा प्रशासनले १९९७ साल माघ १० गते आजकै दिन सहिद शुक्रराज शास्त्रीलाई टेकुमा झन्डाएर हत्या गरेको थियो ।