पश्चिमी वायुको प्रभावका कारण रुझायो हिउँदे पानीले (फोटोफिचर)
काठमाण्डौ : मौसम बदली भई बुधवार देशभरको धेरै ठाउँमा पानी परेको छ । पश्चिमी वायुको प्रभावका कारण देशका अधिकांश क्षेत्रमा हल्कादेखि मध्यम पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिम हुँदै पूर्व पुगेको पश्चिमी वायुको प्रभावका कारण पश्चिम, मध्य तथा पूर्वका अधिकांश क्षेत्रमा पानी परेको मौसमविदले बताएका छन् । दिनभरि देशभरको मौसम सामान्यदेखि पूर्ण बदली हुने र पानी पर्दै रोकिने क्रम जारी रहने मौसमविदले बताएका छन् ।
यो हिउँदमा देशका सबै क्षेत्रमा पानी परेको पहिलोपटक हो । पानी परेका कारण चिसो बढेको छ । पानी परे पनि दैनिक लिनचार्यमा भने मानिसलाई निकै समस्या भएको छ ।