Logo
९ मंसिर २०८१, आईतबार
(August 23, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वर्षैदेखि घाटामा रहेको प्राधिकरण कर्मचारीलाई सुविधै सुविधा !

NEA_Bulding1

काठमाडौं, ७ भदौ । वर्षैदेखि घाटामा रहेको सरकारी स्वामित्वको नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई दर्जनभन्दा बढी सुविधा थप गरिएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारका उर्जामन्त्री जनार्दन शर्माको सहमतिमा प्राधिकरण सञ्चालक समितिले कर्मचारीलाई एकैपटक अत्यधिक सेवा सुविधा बढाएको हो ।

प्राधिकरण सञ्चालक समितका अध्यक्ष एवं उर्जा सचिव सुमनप्रसाद शर्माको अध्यक्षतामा बसेको सञ्चालक समितको बैठकले कर्मचारीलाई सुविधा उपलव्ध गराउने निर्णय गरेको आजको राजधानी दैनिकमा समाचार छ ।

सामन्य प्रचलनअनुसार उच्च द्धाटामा रहेको कापनीका कर्मचारीको सेवा सुविधा बढाइँदैन । प्राधिकरण उच्च घाटामा भए पनि सरकारले पटकपटक घाटा अपलेखनगर्दै आएको छ ।

प्राधिकरण सञ्चालक समितिले सरकारले निजामती कर्मचारीलाई बृद्धि गरेअनुसार २५ प्रतिशत लतल बृद्धि गर्नुका साथै विगतमा खाइपाइ आएको विभिन्न किसिमका प्रोत्साहन भत्तालाई पनि निरन्तरता दिएको छ ।

यस्तै समितिले प्राधिरणको कर्मचारीको भ्रमण भत्तामा समेत उल्लेख्य बृद्धि गरेको छ । बैठकले यसअघि दिदिँ आएको घर भाँडा शुल्कमा पनि उल्लेख्य बृद्धि गरेको स्रोतको दाबी छ ।

प्रकाशित मिति: Aug 23, 2016

प्रतिक्रिया दिनुहोस्