Logo
४ मंसिर २०८१, मंगलबार
(January 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गैरकानुनी क्रियाकलापमा संलग्नलाई जोगाउन सरकार आफैँ लागि पर्दै : नेता पौडेल

चितवन : वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार वाइडबडी विमान खरीद प्रकरणमा संलग्न दोषीको संरक्षणमा लागेको आरोप लगाएका छन् । प्रेस युनियन चितवनले शुक्रबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले दोषीलाई ढाकछोप गर्नतर्फ लागेको आरोप लगाएका हुन् ।

पार्टी सभापति शेरबहादुर देउवाको नाम पनि वाइडवडी प्रकरणमा जोडीको विषयमा नेता पौडेलले जसको नाम जोडिए पनि निष्पक्ष छानबिन गरी कानुनी कारवाही गर्नुपर्नेमा जोड दिए ।

सुनकाण्ड, वाइडबडीकाण्ड जस्ता धेरै काण्डहरू सार्वजनिक भइरहेका छन् नेता पौडेलले भने, गैरकानुनी क्रियाकलापमा संलग्नलाई जोगाउन सरकार आफैँ लागेको छ । यसले मुलुकको सुशासनमाथि व्यंग्य गरिरहेको छ ।

यस्तै, उनले अहिलेसम्म प्रदेशको नामकरण र स्थाइ राजधानी टुंगिन नसक्नु सरकारको अयोग्यताको पराकाष्ट भएको टिप्पणी गरे । सरकार धेरै ठाँउमा चुकेकाले सही बाटोमा हिँडाउन कांग्रेसले कम्मर कसेर अघि बढेको दावी गरे ।

पार्टीभित्र जे जस्तो विवाद रहे पनि राष्ट्रको लागि, समृद्धिका लागि प्रतिपक्षीको हैसियतले सरकारलाई खबरदारी गरिरहने उनको भनाइ छ ।

प्रकाशित मिति: Jan 18, 2019

प्रतिक्रिया दिनुहोस्