Logo
४ मंसिर २०८१, मंगलबार
(January 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गृहमन्त्रीसँग उत्तर कोरियाका राजदूतको भेट, कोरियाली नागरिकलाई प्रवेशाज्ञा सहज बनाईदिन मेनको आग्रह

काठमाडौँ : गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मेनले आज शिष्टाचार भेटवार्ता गरेका छन् । गृहमन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रीत रहेको थियो ।

मेनले नेपालका लागि नयाँ राजदूतको रुपमा कार्यभार सम्हालेकोमा उनलाई कार्यकाल सफलताको शुभकामना दिँदै गृहमन्त्री थापाले मेनको कार्यकालमा दुई देशबीचको सम्बन्धले थप उचाई लिने विश्वास व्यक्त गरे ।

पछिल्लो समय उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियासँग बढाएको वार्ता र छलफलको स्वागत गर्दै त्यसको सफल परिणाम आउने आशा व्यक्त गरे । उक्त भेटमा राजदूत मेनले गृहमन्त्री थापालाई उत्तर कोरिया भ्रमणको निम्तो समेत दिएका थिए ।

राजदूत मेनले नेपाल र उत्तर कोरियाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ४५ वर्ष पुगेको स्मरण गर्दै यो सम्बन्धलाई थप उचाइमा पुर्याउनुपर्नेमा जोड दिए । उनले नेपालमा आउने कोरियाली नागरिकलाई प्रवेशाज्ञा प्रक्रिया सहज बनाईदिन गृहमन्त्री थापासँग आग्रह गरे ।

प्रकाशित मिति: Jan 17, 2019

प्रतिक्रिया दिनुहोस्