खेलकुद मन्त्रालयको राजनीतिक नियुक्तिप्रति अध्यक्ष दाहालको असन्तुष्टी
काठमाडौं : युवा तथा खेलकुद मन्त्रालयमा भएका राजनीतिक नियुक्तिप्रति सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहालले असन्तुष्टि व्यक्त गरेका छन् ।
अध्यक्ष दाहालले खेलाडीको अपेक्षाअनुसार ‘सही मानिस छनोट’ नगरिएको भन्दै युवा तथा खेलकुद मन्त्रालयमा भएको राजनीतिक नियुक्तीप्रति असन्तुष्टि जनाएका हुन् ।
अध्यक्ष दाहालले नेपालको खेलकुद क्षेत्रको विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । बिहीबार पाँचौं सगरमाथा अन्तर्राष्ट्रिय कराँते प्रतियोगिताको काठमाडौंमा उद्घाटन गर्दै उनले विद्यालय तहदेखि नै कराँते खेलको विकासका लागि आवश्यक बजेटको व्यवस्था गर्न लागिपर्ने आश्वासन पनि दिए ।
स्वस्थ नागरिक र सृजनात्मक मुलुकका लागि पनि आफूले खेलकुद क्षेत्रको विकासमा जोड दिँदै आएको अध्यक्ष दाहालको भनाई छ ।