Logo
४ मंसिर २०८१, मंगलबार
(January 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिकित्सा शिक्षा विधेयक प्रतिवेदन माथि सांसद थापाले लगाए यस्तो आरोप

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसद गगनकुमार थापाले चिकित्सा शिक्षा विधेयक प्रतिवेदन संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा बहुमतबाट पारित गरेर शक्तिको दुरुपयोग गरेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको बैठकपछि आज सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले सरकारले उक्त विधेयक प्रतिवेदन बहुमतले पारित गरेर डा गोविन्द केसीसँग भएको सम्झौता र आम जनताको भावनाविरुद्धमा काम गरेको टिप्पणी गरे ।

सांसद थापाले सरकारले केही मेडिकल व्यवसायीका लागि नागरिकको स्वास्थ्यसँग जोडिएको विषयलाई बेवास्ता गरेको उल्लेख गर्दै यसबारेमा पुनःविचार गर्न सरकारसँग आग्रह गरे ।

प्रकाशित मिति: Jan 9, 2019

प्रतिक्रिया दिनुहोस्