राष्ट्रिय मुद्दामा मिलेर काम गर्न विपक्षी दल सहमत भएको अध्यक्ष प्रचण्डको दाबी
चितवन ; प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी दलका नेता शेरबहादुर देउवा लगायतका नेताहरुबीच सोमबार छलफल भएको छ । उक्त छलफलमा मिलेर काम गर्न प्रमुख विपक्षी दल सहमत भएको मासत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताए ।
प्रधानमन्त्री ओली र विपक्षी दलका नेता शेरबहादुर देउवा लगायतका नेताहरुबीच भएको सो छलफलमा राष्ट्रिय मुद्दामा मिलिजुली काम गर्ने सहमति भएको उनले दाहालले बताए ।
चितवनको पुनर्निर्माणबारे आज भएको छलफलमा प्रचण्डले सो कुरा बताएका हुन । उनले जिल्लामा पुनर्निर्माणको कामलाई तीव्रता दिइने पनि बताएका छन् । भूकम्पले क्षति गरेका १४ जिल्लालाई पहिला प्राथमिकतामा राखेर पुर्ननिर्माण गरिएको र त्यसले निकै राम्रो गति लिएको अध्यक्ष दाहालले बताए ।