नयाँ चिनियाँ राजदूतको रूपमा आईन हाउ याङ्की, बग्गीमा सवार गराएर राष्ट्रपति कार्यालयमा स्वागत
काठमाडौं : नेपालका लागि नयाँ चिनियाँ राजदूतको रूपमा हाउ याङ्की काठमाडाैं अाएकी छन् । उनी काठमाडौं आएर अाज राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहोदाको प्रमाणपत्र बुझाएकी छन् ।
राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित समारोहमा उनले राष्ट्रपति भण्डारीलाई ओहोदाको प्रमाणपत्र बुझाएकी हुन् ।
चीनसँगै सोमबार नै प्रजातान्त्रिक गणतन्त्र कोरिया, साउदी अरब र स्वीडेनका राजदूतहरुले पनि राष्ट्रपतिलाई ओहोदाको प्रमाणपत्र बुझाएका छन् ।
राजदूतहरुलाई काठमाडौंस्थित होटल साङ्ग्रिलादेखि शीतलनिवाससम्म बग्गीमा सवार गराइएको थियो । समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति रहेको थियो।