Logo
१२ मंसिर २०८१, बुधबार
(January 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पेट्रोलियम पदार्थको मूल्य फेरि घट्यो तर अझै करीब २ अर्ब ३७ करोड रुपैयाँ घाटा

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रति लिटर दुई रुपैयाँ घटाएको छ । बुधबार मध्यराति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा मूल्यमा प्रति लिटर दुई रुपैयाँ घटाएको हो । निगमका निर्देशक एवं प्रवक्ता वीरेन्द्र गोइतका अनुसार स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ घटाएको हो ।

यससँगै, अब पेट्रोलको नयाँ बिक्री मूल्य प्रतिलिटर १ सय ८ रुपैयाँ तथा डिजेल र मट्टितेलको ९५ सय रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्यमा पुन: कमी आएकाले मूल्य समायोजन गरिएको निगमका निर्देशक एवं प्रवक्ता गोइतले बताउनुभयो । एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ ।

हाल कच्चा तेलको मूल्य अस्थिर भएको कारणले गर्दा आगामी दिनमा प्राप्त हुने नयाँ मूल्य र स्वचालित मूल्य प्रणालीको संयन्त्र बमोजिम नै मूल्य समायोजन गर्दै जाने निगमले जनाएको छ । यो मूल्य समायोजन पश्चात पनि भारतको रक्सौल भन्दा नेपालको वीरगञ्जतर्फको सीमा मूल्यमा पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ ४१ पैसा तथा डिजेलमा प्रतिलिटर १२ रुपैयाँ ३८ पैसा सस्तो रहेको निगमले जनाएको छ ।

विगतका केही महिनाको अवधिमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उच्चतम बिन्दुमा पुगी निगमलाई अत्यधिक घाटा भएको थियो । चालू आर्थिक वर्षको विगतमा केही महिनाको अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उच्चतम बिन्दुमा पुगी निगमलाई अत्याधिक घाटा भई पछिल्लो पन्ध्र दिनको नाफा समेत मिलाउँदा अझै करीब २ अर्ब ३७ करोड रुपैयाँ घाटा पूर्ति हुन बाँकी रहेको निगमले जनाएको छ । नयाँ मूल्य अनुसार पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई इन्धनमा निगमलाई नाफा भएपनि एलपी ग्यासमा प्रति सिलिण्डर ८० रुपैयाँ ७९ पैसा घाटा रहेको निगमले जनाएको छ ।

प्रकाशित मिति: Jan 2, 2019

प्रतिक्रिया दिनुहोस्