Logo
१२ मंसिर २०८१, बुधबार
(January 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल आयातमै निर्भर : दैनिक अबौं रकम विदेशियो

काठमाडौं । नेपाल आयातमै निर्भर छ । यसले दैनिक अबौं रकम विदेशिएको छ । नेपालबाट दैनिक २५ करोड रुपैयाँबराबरको सामान मात्र बिदेसिने गरेको छ ।
तर नेपालमा दैनिक झन्डै साढे ४ अर्बको विदेशी सामान भित्रिने गरेको छ । व्यापार निकासी प्रवद्र्वन केन्द्रका अनुसार चालू आर्थिक वर्षको पाँच महिनासम्मको वैदेशिक व्यापारको तथ्यांकले दैनिक ४ अर्ब ४६ करोड रुपैयाँबराबरको सामान आयात भएको देखिएको छ ।

नेपालबाट मुख्य रूपमा आयात हुने वस्तुमा पेट्रोलियम पदार्थ, विकास निर्माणका सामग्री फलाम तथा स्टिलका उत्पादन, मेसिनरी तथा पार्ट्स, यातायातका साधन, विद्युतजन्य उपकरण तथा हवाई तथा पाटर््स रहेका छन् । त्यस्तै, निर्यात हुने मुख्य वस्तुमा यार्न, ऊनीको कार्पेट, तयारी गार्मेन्ट, जुस, चिया टेक्सटाइललगायतका वस्तु रहेका छन् ।

केन्द्रका अनुसार पाँच महिनामा ३७ अर्ब ५० करोड रुपैयाँको वस्तु तथा सामान निर्यात भएको छ । यो तथ्यांक गत वर्षको तुलनामा १२ दशमलव ३ प्रतिशतले वृद्धि भएको हो । नेपाल कृषि प्रधान देश भए पनि कृषिजन्य वस्तु अत्यधिक भएको तथ्यांकले देखाएको छ । कृषिजन्य सामानको आयात १४ प्रतिशतले वृद्धि भएको छ ।

प्रवर्द्धन केन्द्रले यसका अतिरिक्त सुन चाँदीजस्ता वस्तुको आयातको हिस्सा पनि नेपालको कुल व्यापारको लगभग ४ प्रतिशत रहेको जनाएको छ ।

प्रकाशित मिति: Jan 2, 2019

प्रतिक्रिया दिनुहोस्