कर्मचारी समायोजनका लागि बुधबारदेखि आवेदन खुल्ला
काठमाडौं : सरकारले कर्मचारी समायोजनका लागि गत बुधबारदेखि आवेदन खुल्ला गरेको छ । गत बुधरबारको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले उक्त अध्यादेश प्रस्तुत गरेको हो ।
कर्मचारी समायोजन कार्यका लागि आवश्यक वेबसाईटको समेत व्यवस्था गरिएकाले कर्मचारी समायोजनको कामलाई व्यवस्थित बनाउन सबै स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समितिहरु, प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयहरु तथा सेवा सञ्चालन गर्ने निकायहरुमा हेल्प डेस्क स्थापना गर्ने व्यवस्था पनि मिलाएको छ।
सरकारले मंगलबार प्रतिनिधिसभाको बैठकले कर्मचारी समायोजन अध्यादेश स्वीकृत गरेको छ । बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले अध्यादेशको विरोधमा सूचना जारी गरे पनि कांग्रेसका सांसदहरु अलमलमा परेका थिए ।