पूर्वमन्त्री तथा राप्रपा नेतृ कमलादेवी शर्माको निधन
काठमाडौं : राप्रपा प्रजातान्त्रिकका केन्द्रीय सदस्य एवं राप्रपा प्रजातान्त्रिक महिला संगठनकी संयोजक कमलादेवी शर्माको निधन भएको छ । पूर्वराज्यमन्त्री समेत रहेकी नेतृ शर्माको उपचारको क्रममा ललितपुरको भैंसेपाटीस्थित् नेपाल मेडिसिटी अस्पतालमा निधन भएको हो ।
पूर्ववन तथा भूसंरक्षण राज्य मन्त्री ५६ वर्षीया शर्माको ह्रदयघातका कारण सोमबार ललितपुरस्थित मेडसिटी अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
शर्मा २०७० सालको संविधानसभा निर्वाचनमा तत्कालीन राप्रपा नेपालबाट समानुपातिक प्रणालीतर्फबाट सभासद बनेकी थिइन् । उनी राप्रपा प्रजातान्त्रिकका केन्द्रीय सदस्य भएकी थिइन् ।