Logo
१२ मंसिर २०८१, बुधबार
(December 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब पेट्रोल पम्प दर्ताका लागि नयाँ मापदण्ड लागू हुने

काठमाडौ : अब पेट्रोल पम्प दर्ताका लागि नयाँ मापदण्ड लागू हुने भएको छ ।

नेपाल आयल निगमले नयाँ पेट्रोल पम्प दर्ताका लागि बिक्रेता विनियमावली संशोधन गर्न लागको हो । हाल चलिरहेको पम्पहरूमा सुधार गर्ने र निगमले दुई वर्षअघि आवेदन खुलाएको नमुना पेट्रोल पम्पका प्रावधान यथावत् राखी नयाँ पम्पका लागि नयाँ विनियमावली ल्याउन लागेको निगमका प्रवक्ता विरेन्द्र गोहितले जानकारी दिए ।

उनका अनुसार नमुना पेट्रोल पम्प निर्माणका लागि एक बिघा जमिन हुनुपर्ने प्रावधानसहित रेस्टुरेन्ट, महिला पुरुष शौचालय, पार्किङलगायतका संरचना निर्माण गर्नुपर्ने व्यवस्थाहरू थिए ।

तर त्यो व्यावहारिक नभएको र लगानी गर्न पनि कठिन भएको भन्दै व्यवसायीहरूले गुनासो गर्दै आएको छन् । चलिरहेका पम्पहरूलाई नमुना बनाउन नसकिने र नमुनाको प्रावधान अनुसार पनि निर्माण गर्न नसक्ने भएपछि निगमले बीचको बाटो अपनाइ निगमले नयाँ विनियमावली ल्याउन लागेको जनाएको छ ।

प्रकाशित मिति: Dec 31, 2018

प्रतिक्रिया दिनुहोस्