Logo
३० कार्तिक २०८१, शुक्रबार
(December 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भ्रष्टाचार र अनियमिततामा शून्य, छिटो छरितो न्याय सम्पादन गर्ने जबराको प्रतिबद्धता

काठमाडौं : प्रधानन्यायाधीशमा प्रस्तावित चोलेन्द्रशम्शेर जबराले आफू प्रधानन्यायाधीश नियुक्त भए अदालतहरूमा न्यायालयलाई भ्रष्टाचार मुक्त गर्ने र छिटो छरितो न्याय सम्पादन गर्ने बताएका छन् ।

आफ्ना अनुभव, इच्छा र कार्ययोजना संसदीय सुनुवाइ समितिसमक्ष प्रस्तुत गर्दै जबराले आइतबार भ्रष्टाचार र अनियमिततामा शून्य सहनशीलता अपनाउने बताएका छन् ।

उनले भने, ुन्यायालयमा हुने अनियमितता र भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउने छु । अनियमितता र भ्रष्टाचारका तरिका पहिचान गरेर कारबाहीका लागि पहल गर्नेछु। जबराले न्यायालय सुधारका लागि विभिन्न संयन्त्र बनाएर अगाडि बढ्ने बताए ।

त्यसैगरी, सर्वोच्च अदालतमा कामको भारका आधारमा जनशक्ति कम भएकोले अब सर्वोच्च अदालतमा न्यायाधीश दरबन्दी बढाउन पहल गर्ने जबराले बताए । उनले न्यायाधीश नियुक्तिका लागि नयाँ नीति बनाउन काम गर्ने र न्यायाधीश नियुक्ति गर्न समानुपातिक र समावेशी प्रणाली अपनाउने बताए ।

अदालतको प्रभावकारिता बढाउन फैसला कार्यान्वयनमा पनि पहल गर्ने जबराले बताए । जबराले देशको वर्तमान अवस्थामा संघीयता कार्यान्वयनमा न्यायालयले भूमिका खेल्नुपर्ने अवस्था आएको बताएका छन्।

उनले आफू प्रधानन्यायाधीश नियुक्त भए सर्वोच्च अदालतलाई संघीय शासन प्रणाली अनुसार बदल्न नेतृत्व गर्ने बताए । उनले न्यायालयमाथि जनताको चासोलाई सम्बोधन गर्न आवश्यक रहेको र त्यसलाई विभिन्न तवरबाट सम्बोधन गर्न पहल थाल्ने बताए ।

प्रकाशित मिति: Dec 30, 2018

प्रतिक्रिया दिनुहोस्