Logo
१० मंसिर २०८१, सोमबार
(December 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कम्युनिष्ट नेतामा द्वैध मानसिकता रहेको नेता खाँणको आरोप

रुपन्देही : नेपाली काङ्ग्रेसका नेता बालकृष्ण खाँणले संविधान र लोकतन्त्रप्रति कम्युनिष्ट नेतामा द्वैध मानसिकता रहेको आरोप लगाएका छन् । साथै नेता खाँणले वर्तमान समयमा सरकारका कामप्रति जनता निराश भएको धारणा पनि व्यक्त गर ।

नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा प्रतिनिधिसभा सदस्य खाँणले संविधान र लोकतन्त्रप्रति कम्युनिष्ट नेतामा द्वैध मानसिकता रहेको बताउँदै निर्मला पन्तका हत्यारालाई तत्काल पत्ता लगाई सार्वजनिक गर्न समेत नेता खाँणले माग गरे ।

नेता खाँणले व्यवस्थापकीय कमजोरीका कारण काङ्ग्रेस कमजोर भएको स्वीकार गर्दै उनले महासमिति बैठकपछि पार्टी एकता र मेलमिलापको बाटो तय भएको बताए । काङ्ग्रेसभित्र व्यवस्थापन फितलो हुँदा मतभेद सिर्जना भएकाले व्यवस्थापकीय क्षमता बलियो बनाएर अगाडि बढ्न जरुरी रहेको स्पष्ट पारे ।

प्रकाशित मिति: Dec 30, 2018

प्रतिक्रिया दिनुहोस्