Logo
४ मंसिर २०८१, मंगलबार
(December 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इमान्दार ढंगले काम नगर्ने सडक विभाग र संस्थामाथि कारबाही गर्ने चेतावनी

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सडक विभागको काम इमान्दार ढंगले काम नगर्ने सडक विभागलगायतका संस्थामाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

मन्त्री महासेठले सडक विभागकै कारण काठमाडौंको सडकमा जनताको अपेक्षा अनुसार सुधार आउन नसकेको धारणा राखे । स्रोत र साधनको दुरुपयोग नभएको भए काठमाडौंको सडक व्यवस्थित भइसकेको हुने मन्त्री महासेठको भनाई छ ।

आइतबार काठमाडौंमा आयोजित सडक विभाग, नेपालको १६ औँ वार्षिक साधारण सभामा बोल्दै उनले आगामी चैत्र महिना भित्र काठमाडौंको सडकलाई व्यवस्थित बनाउने गरी सडक विभागलगायतका संस्थाहरूलाई सरकारले गतिशील बनाइरहेको दाबी गरे ।

मन्त्री महासेठले संवैधानिक व्यवस्था अनुकूल हुने गरी सडक ऐन संशोधनको कामलाई अघि बढाइएको जानकारी दिए । उनले सडकको उचित व्यवस्थापन गर्न आवश्यक बजेटको व्यवस्था गरिदिन प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरिएको बताए ।

मन्त्री महासेठले कानुन र संरचना निर्माणमा धेरै समय दिनु परेकाले सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको स्पष्टिकरण दिए । उनले सडकको कामलाई प्रभावकारी बनाउन प्रदेश र स्थानीय तहमा पनि सडक विभागका कार्यालय स्थापना गर्ने तयारी भइरहेको पनि बताए ।

प्रकाशित मिति: Dec 30, 2018

प्रतिक्रिया दिनुहोस्