Logo
१२ मंसिर २०८१, बुधबार
(December 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सामाजिक सुरक्षा योजना कार्यान्वयनका लागि नीतिगत तयारी शुरु

काठमाडौं : सामाजिक सुरक्षा योजना कार्यान्वयनका लागि सरकारले नीतिगत तयारी थालेको छ । सरकारले योगदानमा आधारित समाजिक सुरक्षा योजना कार्यन्वयनका लागि नीतिगत तयारी थालेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले जानकारी दिए।

शुक्रबार काठमाडौंमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको तेस्रो श्रम संसदमा बोल्दै मन्त्री बिष्टले ‘योगदानमा आधारित समाजिक सुरक्षा कार्यक्रम’ कार्यान्वयनका लागि सहयोग गर्न श्रमिक संघ, संगठनहरुलाई आह्वान गरे ।

योगदान गरेका श्रमिकहरुले औषधि उपचार र पेन्सनसहितको सुविधा पाउने गरी सरकारले यो कार्यक्रम घोषणा गरेकाले कार्यनवयनमा सबैको सहयोग आवश्यक पर्ने मन्त्री बिष्टले बताए ।

मन्त्री विष्टले विद्यमान ऐनको प्रभावकारी कार्यान्वयन गर्दै श्रमिकहरुको हितको प्रवद्र्धन गर्न सरकार प्रतिवद्ध रहेको दाबी गरेका छन् । श्रमिक, रोजगारदाता कम्पनी र सरकारबीचको संयुक्त प्रयासबाट मात्रै कार्यक्रम सफल हुने मन्त्री बिष्टको भनाई छ।

प्रकाशित मिति: Dec 28, 2018

प्रतिक्रिया दिनुहोस्