Logo
३ मंसिर २०८१, सोमबार
(December 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारी वार्ता टोली विघटन, विप्लवसँग वार्ता गर्न सरकार असफल

काठमाडौं : विभिन्न भुमिगत समूहसँग वार्ता गर्न भन्दै सरकारले बनाएको उच्चस्तरीय वार्ता टोली अन्ततः विघटन भएको छ । मूख्य भूमिगत भनिएको नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ता नगरीकनै सरकार टोली विघटन भएको हो ।

सरकारले विप्लव समूहलाई केन्द्रित गरेर वार्ताको माध्यमबाट राजनीतिको मूल धारमा ल्याउनका लागि भन्दै उच्चस्तरीय राजनीतिक वार्ता टोली खडा गरेपनि सरकार विप्लव समूहलाई वार्तामा ल्याउन असफल देखिएको छ । भदौ ८ गतेको मन्त्रिपरिषद बैठकबाट निर्णय भएर स्थापना भएको वार्ता टोलीको सुरुको ३ महिने म्यादमा १ महिना थप्दा पनि विप्लव समूह वार्ताका लागि अग्रसर नभएपछि अन्ततः वार्ता टोली नै विघटन भएको स्रोतको दावी छ ।

४ महिनासम्म कुर्दा पनि विप्लव समूह वार्ताका लागि नआएको राजनीतिक वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेले बताए । ‘वार्ता टोली गठन हुँदा विप्लवका प्रवक्ता प्रकाण्ड जेलमै थिए । बन्दी प्रत्यक्षीकरण मुद्धामा सर्वोच्चले थुनामुक्त गर्न त भन्यो तर फेरि पनि उनको गिरफ्तारी हुन सक्थ्यो’, पाण्डेले भने, ‘तर हामीले नै गिरफ्तारी नगर्नुस भन्यौँ । त्यसपछि सरकार लचिलो बनेर उहाँलगायतका नेता कार्यकर्तालाई छाडिएको हो, तर उहाँहरु वर्तामै आउन चाहनु भएन ।’

यसबाट सरकार असफल भएको पुष्टी भएको छ ।

प्रकाशित मिति: Dec 28, 2018

प्रतिक्रिया दिनुहोस्