‘क्रिश्चियन’ योग्यता माग गर्ने ‘टिच नेपाल’ विरुद्ध बर्खास्ती प्रकिया सुरु, बैँक खाता रोक्का
काठमाडौँ : ‘जन्मजात क्रिश्चियन हुनुपर्ने’ र ‘ क्रिश्चियन शिक्षा’ पढेको हुनुपर्ने योग्यता भनि विज्ञापन गरेपछि विवादमा आएको ललितपुरको एक गैह्र सरकारी संस्था विरुद्ध बर्खास्ती प्रकृया सुरु भएको छ । अहिलेलाई कुनैपनि कामकार्य नगर्न गराउन भन्दै निलम्बन गरेको छ ।
जिल्ला प्रशासन कार्यालय, ललितपुरले टिच नेपाललाई निलम्बन गर्दै बर्खास्ती प्रक्रिया थालेको हो । प्रशासन कार्यालयका अनुसार टिच नेपालले कुनै कारोबार गर्न पाउने छैन भने उसको बैँक खाता पनि रोक्का गरिएको छ ।
टिच नेपालले गत साता शिक्षकका लागि आवेदन माग गर्दै ती योग्यता आवश्यक रहेको उल्लेख गरेको थियो ।