राष्ट्रियसभा नियमावली २०७५ संशोधन समिति गठन, मन्त्री ज्ञवालीको प्रस्ताव बैठकमा स्वीकृत
काठमाडौं : राष्ट्रियसभा नियमावली २०७५ संसोधन मस्यौदा समिति गठन भएको छ । शुक्रबार बसेको राष्ट्रियसभाको बैठकले राष्ट्रियसभा नियमावली २०७५को नियम २ सय ३६ बमोजिम राष्ट्रियसभा नियमावलि २०७५ संसोधन मस्यौदा समिति गठन गरेको हो ।
नियमावलिमा एउटा बैठक र अर्को बैठकको दुरी ७ दिनभन्दा बढी हुन नहुने विद्यमान व्यवस्थाले विजनेस नभएको बेला पनि बैठक बस्नुपर्ने बाध्यता देखिएपछि सो व्यवस्था संसोधन गर्न लागिएको हो ।
नियमावलिले बैठकको सुरु र अन्त्य अध्यक्षले नै गर्नुपर्ने व्यवस्था गरेको छ। यो प्रावधानले अध्यक्षको अनुपस्थितिमा बैठक प्रभावित हुने भन्दै विद्यमान यो व्यवस्थालाई पनि संसोधन गर्न लागिएको हो ।
मस्यौदा समितिमा जितेन्द्र नारायण देव, जीवन बुढा, दिल कुमारी रावल थापा ९पार्वती०, परशुराम मेघी गुरुङ, प्रमिला कुमारी, रामनारायण विडारी, विन्दा देवी आले९राना०, वृषेशचन्द्र लाल र शेर बहादुर कुँवर सदस्य रहेका छन् ।
शुक्रबारको बैठकमा राहदानी विधेयक २०७५ पेश भएको छ । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले राहदानी विधेयक २०७५ माथि विचार गरियोस् भनी गरेको प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो । सो विधेयक माथिको संसोधन प्रस्तावका लागि पुस १६ गते अपरान्ह १ बजे सम्मको समय निर्धारण गरिएको छ ।