अष्ट्रेलियाविरुद्धको तेस्रो टेस्टकाे दाेस्राे दिन भारतलाई ४३५ रनकाे अग्रता
अष्ट्रेलियाविरुद्धको तेस्रो टेस्ट क्रिकेटमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले दाेस्राे दिनको खेल सकिँदा ४३५ रनकाे अग्रता लिएकाे छ । भारतले १६९ ओभर ४ बलमा ४४३ रन बनाइ इनिङ्ग समाप्तीकाे घाेषण गरेकाे हाे ।
मेलबर्न क्रिकेट ग्राउण्डमा डेब्यु गरेका मायांक अग्रवालले सानदार अर्धशतक सहित ७६ रन बनाए । डेब्यु टेस्टमा अर्धसतक बनाउने उनी सातौ भारतीय ब्याट्सम्यान पनि बनेका छन् । ४० रनकाे स्काेरमा हनुमा विहारीलाई व्यक्तिगत ८ रनको अवस्थामा गुमाएको भारतले १२३ रन हुँदा दोस्रो विकेटको रुपमा मायांक अग्रवाललाई गुमायो ।
त्यसपछि भारतका लागि चेतेश्वर पुजारा र भारतिय कप्तान विराट कोहलीले १७० रनकाे सझेदारी गरे । चेतेश्वर पुजाराले शतकिय पारी खेले । उनले ३१९ बलमा १०६ रनकाे पारी खेलेका थिए भने भारतिय कप्तान विराट कोहलीले ८२ रन बनाए ।
त्यस्तै राेहित शर्माले २०१४ पछि एसिया बाहिर पहिलाे अर्ध शतक बनाउने क्रममा अविजित ६३ रनकाे पारी खेले भने रिसभ पन्तले ३९ तथा राहणेले ३४ रनकाे याेगदान गरे । अष्ट्रेलियाका लागि कमिन्स ३, स्टार्क २ तथा लायन र हेजल्हुडले १-१ विकेट लिए ।