अध्यक्ष मण्डलको बैठक बहिष्कार गरेका अनिल झाले आफ्ना नेता मार्फत यसरी सुराकी गर्न लागाएपछि ..!
काठमाडौं : बुधवार राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलको बैठकबारे चारै तिर समाचार आयो । त्यसमा पनि सदस्य अनिल झाले अध्यक्ष मण्डलको बैठक बहिष्कार गरेको समाचार पनि उप शिर्षकको रुपमा बन्यो तर उनले आफ्ना महासचिव मार्फत बैठकको सुरकी गरेको खबर आज सार्वजनिक भएको छ ।
निकै लामो समय पछि बुधवार बसेको राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झाले बैठक बहिष्कार गरेपनि उनको बहिष्कारले बैठक भने रोकिएन । आफूले बहिष्कार गर्दा बैठक रोकिन्छ भन्ने धारण झाको थियो तर त्यस्तो भएन ।
रोचक कुरा त के छ भने ५ जना अध्यक्षहरु महन्थ ठाकुर बस्ने कोठामा बैठक बसीरहँदा राजपा नेपाल एक नेताले उक्त बैठकको सुराकी गरिरहेका थिए । अध्यक्ष मण्डलको बन्द बैठक कोठा बाहिर कान थापेर उनले सबै कुरा सुनिरहेका थिए ।
उक्त नेताले कान थापेर सुन्दै गरेको तस्वीर यतिबेला सामाजिक संजालमा भाईरल बनेको छ । श्रोतका अनुसार फोटोमा कान थापेर सुनी रहेका व्यक्ती कौसलेन्द्र मिश्र हुन् उनी झा नेतृत्वको तत्कालिन नेपाल सदभावना पार्टीका महासचिव हुन् । हाल उनी राजपामा पनि महासचिव छन् ।
नेता झाको एनजिओदेखि सबै प्रोजेक्ट हेर्ने मिश्रलाई उनले नै बैठकबारे सबैकुरा आफूलाई जानकारी गराउन बुधवार खटाएको बताइएको छ । यसको पुष्टिबारे नागरिक टाइम्सले कौसलेन्द्र मिश्रलाई सम्पर्क गर्ने प्रयास गरेता पनि उनले आपचारिक रुपमा केहि बोल्न मानेन् ।
राजेन्द्र महतो पार्टी अध्यक्ष मण्डलको संयोजक बनेको १ महीना ७ दिन पछि बल्ल बुधवार पहिलो पटक बैठक बसेको हो । पार्टी संयोजक परिवर्तनपछि बुधवार पहिलो पटक ६ जनै अध्यक्षहरू पार्टी केन्द्रीय कार्यालय पुगेका थिए । तर बैठक सुरु भएपछि अनिल झा बाहिरिएका थिए ।