Logo
१० मंसिर २०८१, सोमबार
(December 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इन्डोनेसियाको पिडामा नेपालले समवेदनाको साटो दियो बधाई

काठमाडौं : इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि आएको सुनामीबारे नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा त्रुटि गर्दै समवेदनाको साटो बधाईको सन्देश दिएको छ ।

परराष्ट्रले राष्ट्रपति विद्यादेवी भण्डारीको नाममा गणतन्त्र इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोलाई पठाएको सन्देशमा सो त्रुटी भएको हो । इन्डोनेसियामा शनिबार ज्वालामुखी विस्फोट भएपछि सुनामी आउँदा हालसम्म चार सय भन्दा बढीको मृत्यु भइसकेको छ ।

दोस्रो हरफमा भने राष्ट्रपतिले नेपालका तर्फबाट समवेदना र गहिरो दुख व्यक्त गरेको उल्लेख छ । यसैबीच परराष्ट्र मन्त्रालयले असावधानीवश गल्ती भएको स्वीकर गर्दै विज्ञप्तिलाई सच्चाएको छ ।

त्रुटि विज्ञप्ति : 

 

पछि सच्चाइएको विज्ञप्ति : 

प्रकाशित मिति: Dec 26, 2018

प्रतिक्रिया दिनुहोस्