हिउँदे अधिवेशन प्रभावकारी बनाउन आवश्यक भूमिका नेकपाले निर्वाह गर्ने
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले सङ्घीय संसदको हिउँदे अधिवेशन प्रभावकारी बनाउन भूमिका निर्वाह गर्ने भएको छ ।
नेकपा संसदीय दलको आज यहाँ बसेको बैठकले संविधान र सङ्घीयता कार्यान्वयनका लागि आवश्यक विधेयक पारित गर्न आवश्यक भूमिका निर्वाह गर्ने निर्णय गरेको हो ।
बैठकमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले संसद अधिवेशनमा प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीका संसदलाई निर्देशन दिनुभएको प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिए । सङ्घीय संसदको तेस्रो अधिवेशन आजदेखि प्रारम्भ भएको छ ।