Logo
१० मंसिर २०८१, सोमबार
(December 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाँकेमा आजको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, हुस्सुका कारण उडान अवरुद्ध

राँझा : बाँकेमा आजदेखि जाडो बढेकोे छ । बाक्लो हुस्सुसँगै चलेको शितलहरका कारण जनजीवन प्रभावित भएको छ । दुई दिनयता तापक्रम विस्तारै घट्दै गएको छ ।

हावापानी फिल्ड कार्यालय नेपालगञ्जका प्रमुख एपी चौरसियाका अनुसार बाँकेमा आजको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस छ ।

उडान अवरुद्ध

बिहानैदेखि शुरु भएको शीतलहर र हुस्सुका कारण यहाँबाट बिहानीपख हुने हवाई उडान अवरुद्ध भएको छ ।

हवाइजहाजका लागि पर्याप्त भिजिविलिटी नभएका कारण उडान हुन नसकेको हो । बाँकेमा आज बिहान ४०० मिटरमात्र भिजिविलिटी रहेको चौरसियाले बताए ।

नेपालगञ्ज विमानस्थलका सुरक्षा इञ्चार्ज प्रहरी नायब निरीक्षक दिनेश विष्टले बिहान काठमाडौँका लागि उडान हुन नसकेको जानकारी दिएका छन् ।

प्रकाशित मिति: Dec 25, 2018

प्रतिक्रिया दिनुहोस्