नेपाल-भारत प्रबुद्ध ब्यक्ति समूह EPG का एक सदस्यको मृत्यु
काठमाडौं : नेपाल-भारत प्रबुद्ध ब्यक्ति समूह (ईपीजीं) का, भारतीय टोलीका एक सदस्य प्राध्यापक बीसी उप्रेतीको निधन भएको छ ।
प्राध्यापक उप्रेतीको सोमबार दिउँसो भारतमा निधन भएको हो । २६ नोभेम्बरमा मुटुको बाइपास सर्जरी गरेका उनी अप्ठ्यारो महसुस भएपछि तीन अघि पुनस् अस्पताल भर्ना भएका थिए ।
दिउँसो दुई बजे जयपुरस्थित अस्पतालमा हृदयघातका कारण उनको निधन भएको इपिजीमा भारतको तर्फबाट सदस्य रहेका प्रा डा महेन्द्र पी लामाले बताए ।
उप्रेतीले नेपाल-भारत खुला सीमा राख्न नहुने र यसलाई नियमन गर्न पर्ने विषय दरिलोसँग उठाएका थिए ।
उप्रेतीका श्रीमती, एक छोरा र एक छोरी छन । उनी नेपालबारे जानकार नेपाली भाषी भारतीय प्राध्यापक एवं लेखक हुन् ।