Logo
१२ मंसिर २०८१, बुधबार
(December 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वाइडबडी खरिदमा अनियमितता : पूर्वमन्त्रीद्वय जीवनबहादुर शाही, जितेन्द नारायण देव शंकाको घेरामा

काठमाडौँ : वाइडबडी विमान खरिदमा भएको अनियमिततामा पूर्वमन्त्रीहरु समेत तानिएका छन् ।

यसरी शंकाको घेरामा पर्नेहरुमा पर्यटन तथा नागरिक उड्डयन मन्त्रीद्वय जीवनबहादुर शाही, जितेन्द नारायण देव छन् ।
दुवै जना पूर्व मन्त्रीलाई संसदीय समितिले समेत बोलाएर बयान लिएको छ ।

बयानमा पूर्वमन्त्री शाहीले आफू मन्त्री हुँदा वाइडबडी विमान खरिद गर्न अमेरिकाको एएआर कम्पनीसँग सम्बन्धित दस्ताबेजमा हस्ताक्षर गरेको बताए । तर अहिले हेर्दा पैसा अर्को कम्पनीमा गएको उनले सुनाए ।

‘मैले अमेरिकी कम्पनी एएआरसँगका दस्तावेजहरु देखेर हस्ताक्षर गरेको थिए तर अहिले पोर्चुगलको हाइफ्लाइ कम्पनी हुँदै आयरल्याण्डको हाइफ्लाइ एक्स कम्पनीमा पैसा पुगेको छ । यो कसरी भयो मलाई विशेष जानकारी छैन,’ मन्त्री शाहीको भनाई ।
पूर्वमन्त्री देवले आफ्नो पालोमा कुनै सम्झौता नभएको दाबी गरे । पूर्वमन्त्री देवले भने, ‘मेरो पालोमा कुनै सम्झौता भएको छैन । त्यही भएर मलाई धेरै जानकारी छैन ।’

पूर्वमन्त्री देवले यसो भन्दा सांसदहरूले भने ती मन्त्रीद्वयको तीव्र आलोचना गरेका छन । महालेखाको प्रतिवेदनमा वाइडबडी विमान खरिदमा अनियमितता भएको भन्दै संघीय संसदको सार्वजनिक लेखा समितिले उपसमिति गठन गरी छानबिन अगाडि बढाएको छ ।

उपसमितिले खरिद प्रक्रियामा सामेलहरूसँग बयान लिइरहेको छ भने सरोकारवालाहरूसँग छलफल गरिरहेको छ ।

हालै वाइडबडी विमान खरिद गरिँदा पैसा सटही गर्नमा ढिलाइ भएपछि आफूहरूलाई मन्त्रिपरिषद्बाट दबाव आएको नेपाल राष्ट्र बैकका गभर्नर चिरञ्जीवी नेपालले बयान दिएका थिए ।

प्रकाशित मिति: Dec 23, 2018

प्रतिक्रिया दिनुहोस्