Logo
११ मंसिर २०८१, मंगलबार
(December 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पहिलो अन्तर्राष्ट्रिय सहभागितामै अफ्गानिस्तानलाई पराजित गर्दै पदक जित्न सफल हक्की टोली

काठमाडौँ : राष्ट्रिय पुरुष हक्की टोलीले पहिलो अन्तर्राष्ट्रिय सहभागितामै अफ्गानिस्तानलाई पराजित गर्दै पदक जित्न सफल भएको छ । शनिबार पाकिस्तानको लाहोरमा भएको हक्की शृङ्खलामा नेपालले पहिलो सहभागितामै तेस्रो स्थान हात पार्दै कास्य पदक जित्न सफल भएको प्रशिक्षक रञ्जन थापाले जानकारी दिए ।

अन्तर्राष्ट्रिय हक्की महासङ्घको आधिकारिक प्रतियोगितामा नेपालको राष्ट्रिय पुरुष टोलीले पदक जित्न सफल भएपछि नेपालले अब हक्कीको विश्व वरियता समेत प्राप्त गर्नेछ । शृङ्खलामा नेपालसहित काजकिस्तान, उज्वेकिस्तान, अफगानिस्तान समावेश थिए ।

राउण्ड रोविन लिगका आधारमा खेलाइएको प्रतियोगितामा नेपालले शनिबार अफगानिस्तानलाई पराजित गर्दै कास्य जित्न सफल भएको हो । लिग चरणको अन्तिम खेलमा नेपालले अफ्गानिस्तानलाई ४-० ले हराएको थियो । अन्तिम खेलमा भने अफ्गानिस्तानलाई पराजित गर्दै नेपालले कास्य जित्न सफल भयो ।

नेपालका तर्फबाट सागर आचार्यले दुई गोल गरेका थिए । त्यस्तै रोमन राना र राजेन्द्र कार्कीले एक गोल गरेका थिए । सागर ’म्यान अफ दी म्याच’ समेत घोषित भए । समूह चरणको पहिलो खेलमा काजकिस्तानसँग ६-१ ले पराजित नेपाल दोस्रो खेलमा उज्वेकिस्तानसँग समेत समान गोल स्कोरले पराजित भएको थियो ।

प्रकाशित मिति: Dec 23, 2018

प्रतिक्रिया दिनुहोस्