Logo
३ मंसिर २०८१, सोमबार
(December 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपासँग एकता प्रहिलो प्राथमिकता मधेशको राजनीतिमा अब छिट्टै नयाँ तरंग : उपेन्द्र यादव

काठमाडौं : संघीय समाजवादी फोरमका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले मधेशको राजनीतिमा छिट्टै नयाँ तरंग देखिने बताएका छन् ।

सञ्‍चारकर्मीहरूसित कुरा गर्दै यादवले त्यसबाट देशकै राजनीतिमा तरंग पैदा हुने दाबी गरे । त्यस्तै परिवर्तनको खोजीमा आफूले राष्ट्रिय जनता पार्टी (राजपा)सँग पार्टी एकीकरणको प्रस्ताव ल्याएको उनको भनाइ थियो ।

उनका अनुसार १० दिनअघि सम्पन्‍न संघीय समाजवादी फोरमको केन्द्रीय समिति बैठकले अध्यक्ष यादवको संयोजकत्वमा ५ सदस्यीय वार्ता समिति गठन गरेको छ । समितिमा राजेन्द्र श्रेष्‍ठ, रेणु यादव, रामसहाय यादव र रकम चेम्जोङ सदस्य छन् ।

स्वास्थ्य मन्त्री समेत रहेका उपप्रधानमन्त्री यादवले भने पहिलो प्राथमिकता राजपासँगकै एकता हो तर राप्रपा (प्रजातान्त्रिक), नयाँशक्ति र जनमुक्ति पार्टीका केही नेताले यसै हप्ता संघीय समाजवादी फोरममा प्रवेश गर्दैछन् ।

उनका अनुसार राजपाका संयोजक राजेन्द्र महतो, पुर्वसंयोजक महन्थ ठाकुरसँग पनि कुराकानी भएको बताए । यस्तै, राप्रपा (प्रजातान्त्रिक) बाट दीपक बोहरासँग वार्ता चलीरहेको छ, यसै हप्ता उनी फोरममा प्रवेश गर्नेछन् ।

यादवका अनुसार २९-३० वैशाख २०७६ मा उक्त पार्टीको राष्ट्रिय एकताको महाधिवेशन गर्ने निर्णय भएको छ । “त्यसअघि विभिन्‍न दलका नेताहरूलाई पार्टीमा प्रवेश गराउने प्रयास शुरु भएको हो,” उनले भने ।

प्रकाशित मिति: Dec 23, 2018

प्रतिक्रिया दिनुहोस्