Logo
३ मंसिर २०८१, सोमबार
(December 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसमा अब २ उपसभापति, २ महामन्त्री समेत १६७ सदस्य कार्यसमिति, पारित विधान महासमितिमा

काठमाडौँ : महासमिति बैठकबीच विवाद समाधानको लामो प्रयासपछि शुक्रबार कांग्रेसको केन्द्रीय कार्यसमितिबाट पारित पार्टीको संशोधित नयाँ विधान शनिबार महासमिति बैठकमा पेश हुँदैछ ।

कांग्रेस महामन्त्री एवं विधान संशोधन मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमितिमा गएको मंसिर ९ गते प्रस्तुत गरेको विधान संशोधनसहित पारित भएको हो ।

अब केन्द्रीय समितिको तर्फबाट खड्काले नै जारी महासमिति बैठकमा शनिबार पेश गर्न लागेको कांग्रेसले जनाएको छ । विधानमा समावेशी आधारलाई अबलम्बन गर्दै सहमहामन्त्रीको संख्या ८ पुर्‍याइएको छ ।

यस्तै केन्द्रीय सदस्यको संख्या १६७, एक सभापति, दुई उपसभापति, दुई महामन्त्री रहने सहमति बनेको हो । ८ सहमहामन्त्रीमा संविधानको धारा ४२ मा रहेको समावेशी क्लस्टर अनुसार प्रतिस्पर्धा हुनेछ । खसआर्य, महिला, दलित, जनजाति, मुस्लिम, थारु, मधेसी र पिछडिएको क्षेत्रबाट क्लस्टर अनुसार चुनाव हुनेछ ।

यसअघि बुधबार भएको सहमतिमा सभापति देउवाले नै अस्वीकार गर्दा विधानसम्बन्धी विवाद झनै लम्बिएको थियो। बुधबार संस्थापन र पौडेल पक्षबिच उपसभापति दुई, महामन्त्री दुई, सहमहामन्त्री दुई र सभापतिबाट मनोतित एक कोषाध्यक्ष राख्ने सहमति भएको थियो ।

केन्द्रीय सदस्यको संख्या यसअघि भएको सहमति एक सय ६१ थियो ।

प्रकाशित मिति: Dec 22, 2018

प्रतिक्रिया दिनुहोस्