Logo
३ मंसिर २०८१, सोमबार
(December 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा बैठकमा चर्काचर्की, प्रधानमन्त्रीका सल्लाहकारमाथि नारायणकाजी खनिए

काठमाडौं : नेकपाको जारी स्थायी कमिटी बैठकमा चर्काचर्की हुन थालेको छ । नेताहरुबीच आरोप–प्रत्यारोप चलिरहँदा शुक्रबारको बैठकमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रधानमन्त्रीका प्रमख सल्लाहकार विष्णु रिमालमाथि खनिए । रिमालप्रति कटाक्ष गर्दै उनले ‘परमेशवरको प्रतिनिधि’ भएको टिप्पणी गरे ।

‘एकजना कमरेडले बिहीबारको बैठकमा सरकार र पार्टी नेतृत्वको आलोचना गर्नु आत्मनिन्दा हो, त्यति बिनम्र हुँदै सकिँदैन भन्नुभयो ।

त्यो अभिव्यक्ति गलत छ’ रिमालको अभिव्यक्तिप्रति लक्षित गर्दै श्रेष्ठले भने, ‘सामन्ती सोच र संस्कृति भएको शासकले आफूलाई परमेश्वरको प्रतिनिधि ठान्छ, त्यसले आत्मआलोचना गर्ने कुरै हुन्न, के तपाईँले आफूलाई त्यस्तै ठान्नु भएको हो ? त्यस्तो सोच एवम् अभिव्यक्ति हामी कम्युनिष्टको होइन र हुन सक्दैन ।’

प्रकाशित मिति: Dec 22, 2018

प्रतिक्रिया दिनुहोस्